देवी-देवता Gods and Goddesses

वैदिक धर्ममा वा भनोँ वैदिक संस्कृतिमा चराचर जगतलाइ नै भगवान् मानिन्छ । यस ब्रह्माण्डमा सययद वैदिक सनातन धर्म मात्र यस्तो धर्म होला जसले ढुंगा-माटो, झार-पात, नदी-नाला, वन-जंगल, पशु-पक्षी, अादि जड होस् या चेतन सबैबसै प्रकृतिलाइ नै इश्वर मान्दछ । त्यसैले त हामी तेत्तीस कोटि देवी-देवता छन् भनेर गर्व गर्दछोँ । यद्यपि यहाँ कोटिको अर्थ प्रकार हो तथापि यदि संख्या नै मान्ने हो भने पनि हाम्रो देवी-देवता योभन्दा बढि नै होलान् । यदि परब्रह्म परमेश्वर महासागर हो भने, यदि परब्रह्म परमेश्वर महाकाश हो भने, त्यसको अंश, त्यसको विस्तार यो चरचर जगत् वास्तमै इश्वर हो, यसमा के नै शंका छ र ? 

हाम्रो पाठशालाको यस विभागमा वैदिक सनातन धर्ममा परिचित-पूजित कतिपय यिनै देवी-देवताहरूको परिचय, सामान्यबाट विशेष वा भनोँ वैज्ञानिक परिचय, दिने प्रयत्न गरिएको छ । जो यस प्रकार छन्- 

ॐ कारब्रह्माविष्णुमहेशगणेश