हाम्रो बारेमा About Us

स्वागत छ यहाँलाई ‘हाम्रो पाठशालामा’ !

 

हाम्रो पाठशाला एक वैदिक अध्ययन तथा अनुसन्धान केन्द्र हो। यस पाठशालाले विश्वभरि छरिएर बसेका नेपालीभाषी समाजका बालबालिकाहरूलाई भाषा, साहित्य, संस्कृति तथा वैदिक सनातन धर्मको आवश्यक  एवं  वैज्ञानिक ज्ञान प्रदान गर्ने उद्देश्य लिएको छ। “असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय” यस पाठशालाका पथ-प्रदर्शक महावाक्यहरू हुन् । 

 

यदि तपाईं आफ्ना नानी-बाबुहरूलाई नेपाली भाषा, नेपाली साहित्य, संस्कृत भाषा, संस्कृत साहित्य, एवं स्तोत्र, मन्त्र, प्रार्थना आदिका साथै गीता, वेद, उपनिषद्, रामायण, महाभारत जस्ता वैदिक ग्रन्थहरूको पनि अध्ययन गराउन खोजिरहनुभएको छ भने तपाईं सही ठाउँमा आउनुभएको छ। हाम्रो पाठशालामा तपाईं आफ्ना सन्ततिलाई हाम्रो भाषा, साहित्य, धर्म र संस्कृतिको वैज्ञानिक  ज्ञान  निशुल्क सिकाउन सक्नुहुनेछ।