परिचय

नमस्ते नानी–बाबुहरू, तिमीहरू सबैलाई यस नेपाली कक्षामा स्वागत छ !

सबैभन्दा पहिले हामी परिचय/चिनजान गरौँ –

 

मेरो नाम …………………………………हो ।

 

(नानी/बाबु !) तिम्रो नाम के हो ?

 

(नानी/बाबु !) तिम्रो बुबाको नाम के हो ?

 

(नानी/बाबु !) तिम्री आमाको नाम के हो ?

 

(नानी/बाबु !) तिम्रा कति जना दाजु/भाइ/दिदी/बहिनीहरू छन् ?

 

(नानी/बाबु !) तिम्रा दाजु/भाइको नाम के हो ?

 

(नानी/बाबु !) तिम्री दिदी/बहिनीको नाम के हो ?

 

(नानी/बाबु !) तिमी कहाँ बस्छौ ?

 

(नानी/बाबु !) तिम्रो विद्यालयको नाम के हो ?

 

(नानी/बाबु !) तिमी कति कक्षामा पढ्छौ ?

 

म ………………………………….. कक्षामा पढ्छु । 

पाठ १ (यहाँ क्लिक गर्नुहोस्)