हाम्रो पाठशालासँग तपाईं निम्न प्रकारले संलग्न हुनसक्नुहुन्छ –
१) हप्ताको एक-दुई घण्टा आफ्ना नानी-बाबुहरूसँग हाम्रो पाठशालामा बिताएर; आफ्नो भाषा, धर्म, संस्कार एवं संकृति सिकेर र सिकाएर।
२) ‘हाम्रो पाठशाला’ ले कस्तो काम गर्दैछ ? यसलाई अझ सरल, सर्वसुलभ, आकर्षक अनि समसामयिक कसरी बनाउन सकिन्छ ? तपाईंका अमूल्य सल्लाह/सुझाव दिएर।
३) आफ्ना साथी-भाइ, छर-छिमेकी तथा इष्ट-मित्रहरूलाई पनि ‘हाम्रो पाठशाला’ को बारेमा खबर दिएर।
४) ‘हाम्रो पाठशाला’ को YouTube Channel लाई Subscribe, Like र Share गरेर ।