अध्याय १ (श्लोक ३७-४२)

श्रीमद्भगवद्गीता

अथ प्रथमोऽध्यायः

 

 

तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान् स्वबान्धवान् ।
स्वजनं हि कथं हत्वा सुखिनः स्याम माधव ।।३७।।

शब्दार्थ—  तस्मात् – यसकारण, न – छैनौँ, अर्हाः – योग्य, वयम् – हामीहरू, हन्तुम् – मार्नका लागि, धार्तराष्ट्रान् – कौरवहरूलाई, स्वबान्धवान् – आफ्नै दाजुभाइलाई, स्वजनम् – आफ्ना बन्धुबान्धवलाई, हि – नै, कथम् – कसरी, हत्वा – मारेर, सुखिनः – सुखी, स्याम – हुनसक्छौँ,  माधव – हे माधव ।

 

अन्वय—  हे माधव ! तस्मात् स्वबान्धवान् धार्ताराष्ट्रान् हन्तुं वयं नः अर्हाः, हि स्वजनं हत्वा कथं सुखिनः स्याम ?

 

भावार्थ—  हे माधव, त्यस कारण हामीले आफ्नै बान्धव यी कौरवहरूलाई मार्नु उचित हुँदैन, किनकि आफ्नै बन्धुबान्धवहरूलाई मारेर हामी कसरी सुखी हुन सक्छौँ र ?

 

 

यद्यप्येते न पश्यन्ति लोभोपहतचेतसः ।
कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् ।।३८।।

शब्दार्थ—  यद्यपि – यद्यपि, एते – यी, न पश्यन्ति – देख्दैनन्, लोभोपहतचेतसः – लोभको कारणले बुद्धि भ्रष्ट भएका, कुलक्षयकृतम् – कुलको नाश हुनाले हुने, दोषम् – हानी, मित्रद्रोहे – मित्रसँग द्वेष गर्दा हुने, च – र, पातकम् – पाप ।

 

अन्वय—  यद्यपि लोभोपहतचेतसः एते कुलक्षयकृतम् दोषम् मित्रद्रोहे पातकम् च न पश्यन्ति ।

 

भावार्थ—  यद्यपि लोभको कारणले बुद्धि भ्रष्ट भएका यी कौरवहरू कुलको नाश हुँदा हुने दोष र मित्रसँग द्रोह गर्दा हुने पापलाई देखिरहेका छैनन् ।

 

 

कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम् ।
कुलक्षयकृतं दोषं प्रपश्यद्भिर्जनार्दन ।।३९।।

शब्दार्थ—  कथम् – कसरी, न ज्ञेयम् – विचार नगर्ने, अस्माभिः – हामीहरूले, पापात् – पापबाट, अस्मान् – हामीहरूलाई, निवर्तितुम् – निवृत्त हुनका लागि, कुलक्षयकृतम् – कुलको नाश हुनाले हुने, दोषम् – दोष, प्रपश्यद्भिः – राम्रो ज्ञान भाएका, जनार्दन – हे जनार्दन ।

 

अन्वय—  हे जनार्दन ! कुलक्षयकृतं दोषं प्रपश्यद्भिः अस्माभिः अस्मात् पापात् निवर्तितुं कथं न ज्ञेयम् ?

 

भावार्थ—  हे जनार्दन ! कुलको नाश हुँदा हुने पापको राम्रोसँग बोध भएका हामीहरूले यस पापबाट मुक्त हुने उपाय किन नगर्ने ?

 

 

कुलक्षये प्रणश्यन्ति कुलधर्माः सनातनाः ।
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोऽभिभवत्युत ।।४०।।

शब्दार्थ—  कुलक्षये – कुलको नाश हुँदा, प्रणश्यन्ति – नाश हुन्छन्, कुलधर्मा – कुलको धर्म,  सनातनाः – सनातन, धर्मे – धर्म, नष्टे – नष्ट हुँदा, कुलम् – कुल, कृत्स्नम् – सम्पूर्ण, अधर्मः – अधर्मी, अभिभवति – दबाइदिन्छ, उत – र ।

 

अन्वय—  कुलक्षये सनातनाः कुलधर्माः प्रणश्यन्ति, उत धर्मे नष्टे अधर्मः कृत्स्नं कुलम् अभिभवति ।

 

भावार्थ—  कुलको नाश भएपछि कुलको सनातन धर्म पनि नष्ट हुन्छन् र धर्मको नाश भएपछि सम्पूर्ण कुललाई पापले छोपिदिन्छ ।

 

 

अधर्माभिभवात्कृष्ण प्रदुश्यन्ति कुलस्त्रियः ।
स्त्रीषु दुष्टासु वाष्र्णेय जायते वर्णसङ्करः ।।४१।।

शब्दार्थ—  अधर्माभिभवात् – अत्यधिक अधर्म बढेपछि, कृष्ण – हे कृष्ण, प्रदुश्यन्ति – दूषित हुन्छन्, कुलस्त्रियः – कुलस्त्रीहरू, स्त्रीषु – स्त्रीहरू, दुष्टाषु – दुष्ट भएमा, वार्ष्णेय – हे वार्ष्णेय, जायते – उत्पन्न हुन्छन्, वर्णसंकरः – वर्णसंकर ।

 

अन्वय—  हे कृष्ण ! अधर्माभिभवात् कुलस्त्रियः प्रदुश्यन्ति, हे वार्ष्णेय ! स्त्रीषु दुष्टाषु वर्णसंकरः जायते ।

 

भावार्थ—  हे कृष्ण ! यसरी पापले घेरिएपछि त्यसघरका स्त्रीहरू दुषित हुन्छन् । हे वार्ष्णेय ! यदि स्त्रीहरू दूषित भए भने त्यस कुलमा वर्णसंकर उत्पन्न हुन्छन् ।

 

 

सङ्करो नरकायैव कुलघ्नानां कुलस्य च ।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः ।।४२।।

शब्दार्थ—  सङ्करः – वर्णसंकर, नरकाय – नरकमा लाने, एव – नै, कुलघ्नानाम् – कुलघातिहरूको, कुलस्य – कुलको, च – र, पतन्ति – खस्छन्, पितरः – पितृहरू, हि – पनि, एषाम् – यिनीहरूको, लुप्तपिण्डोदकक्रिया – पिण्ड एवं तर्पण नमिल्नाले ।

 

अन्वय—  सङ्करः कुलघ्नानां कुलस्य च नरकाय एव (भवति), हि एषां पितरः लुप्तपिण्डोदकक्रियाः (सन्तः) पतन्ति ।

 

भावार्थ—  त्यस वर्णसंकरताको कारण ती कुलघाती र तिनको कुल पनि नरकका भागी हुन्छन् । यसरी नै तिनका पितृहरू पनि पिण्डोदक क्रियाको अभावले अधोगति प्राप्त गर्छन् ।

 

 

श्लोक ४३-४७ (यहाँ क्लिक गर्नुहोस्)