अध्याय १ (श्लोक ३१-३६)

श्रीमद्भगवद्गीता

अथ प्रथमोऽध्यायः

 

निमित्तानि च पश्यामि विपरीतानि केशव ।
न च श्रेयोऽनुपश्यामि हत्वा स्वजनमाहवे ।।३१।।

 

शब्दार्थ—  निमित्तानि – लक्षणहरू, च – पनि,  पश्यामि – देखिरहेको छु, विपरीतानि – विपरीत, केशव – हे केशव, न – न, च – त, श्रेय – कल्याण, अनुपश्यामि – देखिरहेको छु, हत्वा – मारेर, स्वजनम् – आफन्तहरूलाई, आहवे – युद्धमा ।   

 

अन्वय—  केशव ! निमित्तानि च विपरीतानि पश्यामि, (एवं च) आहवे स्वजनं हत्वा श्रेयः च न अनुपश्यामि ।  

 

भावार्थ—  हे केशव, म यो युद्ध गर्नुमा कुनै शुभ लक्षण पनि देखिरहेको छुइनँ र साथमा मलाई आफ्ना आफन्तहरूलाई मारेर कुनै कल्याण होला जस्तो पनि लागिरहेको छैन ।

 

 

न काङ्क्षे विजयं कृष्ण न च राज्यं सुखानि च ।
किं नो राज्येन गोविन्द किं भोगैर्जीवितेन वा ।।३२।।

 

शब्दार्थ—  न – न त, काङ्क्षे – चाहन्छु, विजयं – विजय, कृष्ण – हे कृष्ण, न – न, च – त, राज्यं – राज्य, सुखानि – सुख, च – पनि, किम् – के, नः – हामीलाई  राज्येन – राज्यले, गोविन्द – हे गोविन्द, कि – के (काम) भोगैः – भोगविलासले, जीवितेन – बाँच्नाले नै, वा – अथवा ?

 

अन्वय—  हे कृष्ण ! (अहं) न विजयं, न राज्यं, न सुखानि च काङ्क्षे, हे गोविन्द ! नः राज्येन किं ? भोगैः जीवितेन वा किम् ?

 

भावार्थ—  हे कृष्ण ! म न विजय चाहन्छु, न राज्य चाहन्छु न त सुख नै चाहन्छु । किनकि, हे गोविन्द ! यी सबै बन्धुबान्धव र आफन्तहरू मरे पछि राज्य प्राप्ति र त्यसको सुखभोगको के काम ? वास्तवमा हामी बाँच्नुको नै के अर्थ रहन्छ र ?

 

येषामर्थे काङ्क्षितं नो राज्यं भोगाः सुखानि च ।
त इमेऽवस्थिता युद्धे प्राणांस्त्यक्त्वा धनानि च ।।३३।।

 

शब्दार्थ—  येषाम् – जसका, अर्थे – लागि, काङ्क्षितम् – चाहना छ, नः – हाम्रो, राज्यम् – राज्य, भोगाः – भोग, सुखानि – सुखहरू, च – पनि, ते – तिनै, इमे – यी सबै, अवस्थिताः – उभिएका छन्, युद्धे – युद्धमा, प्राणान् – प्राण वा जीवनलाई, त्यक्त्वा – त्यागेर, धनानि – धनदौलत, च – पनि ।

 

अन्वय—  येषाम् अर्थे नः राज्यं, भोगाः सुखानि च काङ्क्षितं ते इमे प्राणान् धनानि च त्यक्त्वा युद्धे अवस्थिताः (सन्ति) ।

 

भावार्थ—  हामी जसको लागि राज्य, भोग र सुखको चाहना गर्दछौँ, तिनीहरू नै यहाँ युद्धमा आफ्नो धन–दौलत मात्र होइन, प्राणको नै आशा त्यागेर उभिएका छन् ।

 

 

आचार्याः पितरः पुत्रास्तथैव च पितामहाः ।
मातुलाः श्वशुराः पौत्राः श्यालाः सम्बन्धिनस्तथा ।।३४।।

 

शब्दार्थ—  आचार्याः – गुरुजन, पितरः – पितृजन, पुत्राः – छोराहरू, तथैव – यसरी नै, पितामहाः – हजुर बुबाहरू, मतुलाः – मामाहरू, श्वशुराः – ससुराहरू, पौत्राः – नातिहरू, श्यालाः – सालाहरू, तथा – त्यसै गरी, सम्बन्धिनः – आफन्तहरू, च – पनि ।

 

अन्वय—  आचार्याः पितरः पुत्राः तथा पितामहाः मतुलाः श्वशुराः पौत्राः तथा श्यालाः च सम्बन्धिनः एव (सन्ति) ।

 

भावार्थ—  यस युद्धमा उपस्थित गुरुजन, पितृवर्ग र छोराहरू, यसरी नै हजुर बुबा, मामा, ससुरा, नाति र सालाहरू सबैसबै मेरा आफन्त नै हुन् ।

 

 

एतान्न हन्तुमिच्छामि घ्नतोऽपि मधुसूदन ।
अपि त्रैलोक्यराज्यस्य हेतोः किं नु महीकृते ।।३५।।

 

शब्दार्थ—  एतान् – यिनीहरूलाई, न – न, हन्तुम् – मार्न, इच्छामि – चाहन्छु, घ्नतः – मारे, अपि – पनि, मधुसूदन – हे मधुसूदन, अपि – पनि, त्रैलोक्य – तिनै लोकको, राज्यस्य – राज्यको, हेतोः – लागि, किम् – के, नु – न, महीकृते – पृथ्वीको लागि ।

 

अन्वय—  हे मधुसूदन ! घ्नतः अपि त्रैलोक्यराज्यस्य हेतोः अपि एतान् हन्तुं न इच्छामि, महीकृते किं नु ?

 

भावार्थ—  हे मधुसूदन, तिनै लोकको राज्यका लागि पनि म यिनीहरूलाई मार्न चाहन्नँ, यस पृथिवीको राज्यका लागि त के कुरा ?

 

 

निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याज्जनार्दन ।
पापमेवाश्रयेदस्मान्हत्वैतानाततायिनः ।।३६।।

 

शब्दार्थ—  निहत्य – मारेर, धार्तराष्ट्रान् – कौरवहरूलाई, नः – हामीलार्ई, का – के, प्रीतिः – फाइदा/प्रसन्नता, स्यात् – होला, जनार्दन – हे जनार्दन, पापम् – पाप, एव – नै, आश्रयेत् –  लाग्नेछ, अस्मान् – हामीलाई, हत्वा – मारेर, एतान् – यी, आततायिनः  – आततायीहरूलाई ।

 

अन्वय—  हे जनार्दन ! एतान् धार्तराष्ट्रान् निहत्य नः का प्रीतिः स्यात् ? आततायिनः  हत्वा अस्मान्  पापम् एव आश्रयेत् ।

 

भावार्थ—  हे जनार्दन, यी धृतराष्ट्रका छोराहरूलाई अर्थात् कौरव सेनालाई मारेर हामीलाई के फाइदा वा प्रसन्नता हुन्छ ?  यी आततायीहरूलाई मारेर त हामीलाई पाप मात्र लाग्नेछ !

 

 

 

श्लोक ३७-४२ (यहाँ क्लिक गर्नुहोस्)